सहयोग गरौं, भेदभाव नगरौं – लामिछाने

पोखरा । पोखरा महानगरपालिका दलका नेता तथा सचेतक रामराज लामिछानेले आपत विपद्मा पर्दा सहयोग गर्नुपर्ने भन्दै कसैप्रति भेदभाव नगर्न आग्रह गरेका छन् । ‘एकले अर्काेलाई सहयोग गर्ने भावना राखौं ।’ उनले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले हाम्रो मानवीयता झल्काउँछ ।’

आफू र आफ्नो परिवारमा कोरोना लाग्दा जस्तो माया र सहयोग चाहन्छौं त्यस्तै माया र सहयोग अरुका लागि पनि आवश्यक पर्ने भएकाले त्यसतर्फ ध्यान दिन विज्ञप्तिमा भनिएको छ ।

कोरोना संक्रमणपछिको अवस्थामा केन्द्रीत रहेर निकालिएको विज्ञप्तिमा कोरोनाबाट संक्रमित हुने र निको हुने क्रम चलिरहेको भन्दै नआत्तिन आग्रह गरेका छन् । टोल/टोल र समाजमा फैलिएको त्रास गलत भएको उल्लेख छ ।

विज्ञप्तिमा विश्वमा ठूलो पदधारण गरेका व्यक्तिहरु पनि संक्रमित भई निको भएर घर फर्केको र कोरोनाले ठूलो वा सानो नभन्ने भन्दैसचेत बन्दै सुरक्षित रुपमा घरमा बस्न अनुरोध गरिएको छ ।

कमेन्टहरु
Loading...