सलह छोप्ने ४ जना आँधीखोला गाउँपालिकाद्वारा पुरस्कृत

स्याङ्जा ।

स्याङ्जाको आँधीखोला गाउँपालिकामा आज सहल छोपेर गाउँपालिकालाई बुझाउने ४ जना पुरस्कृत भएका छन् । सलह नियन्त्रणका लागि गाउँपालिकाले प्रोत्साहन स्वरुप प्रतिकिलो ३ सय दिने घोषणा गरेको थियो ।

सोही घोषणा अनुसार गाउँपालिकाका ४ जनाले ९ किलो ३ सय ग्राम सलह छोपेर गाउँपालिकालाई बुझाएपछि उनीहरु पुरस्कृत भएका हुन् । यसरी पुरस्कृत हुनेमा आँधीखोला गाउँपालिका २ का सन्दीप सापकोटा, सविना सापकोटा, टेकबहादुर भुजेल र सफल राना रहेको गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिएका छन् ।

४ जनाले ४ किलो ९ सय ग्राम सलह छोपेर गाउँपालिकामा बुझाएपछि २ हजार ७ सय ९० रुपैयाँ बुझाइएको पौडेलले बताए । सलहलाईसमयमा नियन्त्रण गर्न नसकेमा किसानको अन्नबाली सखाप बनाउने र खाद्यान्नको समस्या हुन सक्ने भएकाले जागरुक बनाउने उद्देश्यले पुरस्कृत गरिएको अध्यक्ष पौडेलले बताएका छन् ।

यस अगाडि पनि गाउँपालिकाले सलह किरा छोपेर बुझाएबापत ४ जना बालबालिकालाई १ सय २० रुपैयाँ प्रदान गरेको थियो ।

कमेन्टहरु
Loading...