समाजवादी क्रान्ति सम्पन्न गर्न हतियार उठाउनुपर्दैनः गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले समाजवादी क्रान्ति सम्पन्न गर्न अबको समयमा हतियार नै उठाउनुपर्छ भन्ने नभएको बताएका छन् । आज जनयुद्ध दिवसका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले शान्तिपूर्ण ढंगले समेत समाजवादी क्रान्ति सम्पन्न गर्न सकिने बताएका हुन् । समाजवादी क्रान्ति गर्दा दमन गर्नुपर्ने अवस्था समेत आउन सक्ने बताए । समाजवादी क्रान्ति गर्दा प्रतिक्रियावादीले प्रतिरोध गर्न सक्ने अवस्था आउन सक्ने भन्दै गृहमन्त्री बादलले दमनको अवस्था आउन सक्ने बताएका हुन् ।

कमेन्टहरु
Loading...