सडक दुर्घटना न्यूनीकरण गर्न कास्की प्रशासनलाई दशनामी युवा समिति कास्कीको ध्यानाकर्षण

पोखरा । पोखरामा सडक दुर्घटनालाई न्यूनीकरण गराउन दशनामी युवा समिति कास्कीले जिल्ला प्रशासन कार्यालय कास्कीलाई ध्यानाकर्षण गराएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्की पुगेर समितिले सडक दुर्घटना न्यूनीकरणकालागि विभिन्न माग राख्दै ध्यानाकर्षण गराएको हो ।

 

विशेषगरि कास्की जिल्लाको मुख्य शहरी क्षेत्रमा दैनिक जसो भइरहेको सवारी दुर्घटनाका कारण मानवीय क्षति हुदै आएको र आम जनसमुदायमा मनोवैज्ञानिक त्रास उत्पन्न भएको हुँदा सडक क्षेत्रलाई थप व्यवस्थित तुल्याई जनधनको सुरक्षालाई केन्द्रविन्दुमा राखी क्षति न्यूनीकरण गर्न व्यवस्थापकिय उपायहरुको अवलम्बन गर्न समितिले अनुरोध गरेको छ ।

 

‘तिब्र गतिमा गुड्ने सवारीसाधनको नियन्त्रण तथा कारवाहीदेखि लेन अनुशासन, ट्राफिक लाईट, जेब्रा क्रसको प्रयोग, ट्राफिक सचेतना अभिवृद्धिलगायतका विषयहरुलाई प्रभावकारी रुपमा अगाडि बढाइनु पर्ने आवश्यकता महसुस गरिएको छ। अतः सुरक्षित सडक, मर्यादित सवारी साधन एवं सुरक्षित नवजीवनको सुनिश्चितताबाट नै दुर्घटना रहित समाजको परिकल्पना साकार हुने हुँदा सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि ठोस पहलहरुको अपेक्षा सहित यो ध्यानाकर्षण पत्र श्रीमान समक्ष पेश गरेका छौ।’ –ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्रमार्फत समितिले निम्न मागहरुको सम्बोधन गरिदिन समेत अनुरोध गरेको छ ।
१. तिव्र गतिमा साधन चलाउनेहरुलाई नियन्त्रणमा लिइ आवश्यक कारवाही गर्ने।
२. चालकहरुलाई लेन अनुशासनको ज्ञान दिई प्रभावकारी नियमन गर्ने ।
३. आवश्यक जेन्ना बसहरु निर्माण गरि सो को उचित प्रयोगका लागि सचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने, गराउने ।
४. मुख्य तथा सहायक चोकहरूमा ट्राफिक लाइटहरुको व्यवस्था गर्ने।
५. यात्रुहरु चढाउने तथा झर्ने निश्चित केन्द्र, स्थानहरु तोकी सो को कार्यान्वयन गर्ने, गराउने ।
६. अति पुराना साधनहरुको सम्बन्धमा निश्चित मापदण्ड कायम गरि ब्यवस्थापन गर्ने ।
७. सडक छेउ छाउमा निर्माण सामाग्रीहरू राख्न नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने ।
८. सडक क्षेत्रमा प्रस्ट देखिने छुट्टिने किसिमका ट्राफिक संकेत तथा बोर्डहरुको व्यवस्था गर्ने ।

 

कार्यक्रममा दशनामी युवा समिति कास्कीकी अध्यक्ष सरस्वती पुरी, दशनामी युवा केन्द्रीय समितिका उपाध्यक्ष अर्जुन गिरी, दशनामी युवा समिति गण्डकीका अध्यक्ष सुर्य गिरीलगाएतको उपस्थितिमा कास्की प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

कमेन्टहरु
Loading...