संविधान दिवस : कास्कीबाट १० जनाले प्राप्त गरे राष्ट्रपतिबाट विभुषण

पोखरा । संविधान दिवसको अवसरका कास्कीबाट १० जनाले राष्ट्रपतिबाट विभुषण, पदक र अलंकार प्राप्त गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ५ सय ९४ जनामध्ये कास्कीमा घर रहेका तथा सेवा कार्यरत रहेका १० जनाले विभुषण प्राप्त गरेका छन् ।

कास्की स्थायीघर भएका साहित्यकारद्वय रामबाबु सुवेदी र सूर्य बहादुर खड्का बिखर्चीले मानपदवी विभुषण प्राप्त गरेका छन् ।

रुपा गाउँपालिका ७ घर भएका सुवेदीले सुप्रवाल जनसेवा श्री तृतीय प्राप्त गरे भने रुपा ६ स्थायी घर भइ हाल पोखरा बस्ने विखर्चीले जन सेवा श्री पञ्चम विभुषण प्राप्त गरेका छन् । यस्तै पोखरा महानगरपालिका वडा नं १६ घर भएकी समाजसेवी मिना कुमारी गुरुङलाई समाज सेवा रत्न अलंकार विभुषण प्रदान गरिएको छ ।

कास्कीमा रहेर सेवा कार्यरत मुख्यमन्त्री तथा मन्त्रिपरिष्को कार्यलय गण्डकी प्रदेशका सचिव दलबहादुर अधिकारीले सुप्रवल जनसेवा श्री तृतीय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकै शाखा अधिकृत विकास थापामगरले प्रवल जनसेवा श्री चर्तुथ, गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराका नायव उपरीक्ष कृष्णबहादुर कार्कीले प्रवल जनसेवा श्री चर्तुथ, प्रदेश लोकसेवा आयोग गण्डकीका अधिकृत कृष्णप्रसाद आचार्यले प्रवल जनसेवा श्री चर्तुथ गौरीबक्स गुल्मकै युवीन अमगाईंले जनसेवा श्री पञ्चम प्राप्त गरेका छन् भने गौरीबक्स गुल्म विजयपुर पोखराका सञ्जीव ओझा सुर्किती पदकबाट विभूषित भएका छन् ।

यस्तै हाल उच्च अदालत पोखराका न्यायधीश किशोर सिलवालले सुप्रवल जनसेवा श्री तृतीय प्राप्त गरेका छन् ।

दिवसका अवसरमा १ जनालाई मात्रै प्रदान गरिने सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) डा.सन्दुक रुइतलाई प्रदान गरिएको छ । राष्ट्रपतिद्धारा मानपदवी ४ सय ५, अलंकार १ सय १४, पदक २७ प्रदान गरिएको छ ।

कमेन्टहरु
Loading...