शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

काठमाडौं । प्रचण्ड नेपाल समूहले प्रदेश १ मा पनि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको प्रचण्ड(नेपाल समूहका एक प्रदेश सांसदले जानकारी दिएका छन् । त्यस्तै प्रदेश सभाकै बहुमत आफूहरूसँग रहेको प्रचण्ड(नेपाल समूहका एक केन्द्रीय सदस्यले दाबी गरेका छन् । प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन्। जसमध्ये पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना छन्।

२०७४ मा प्रदेश सभामा नेकपा एमाले संसदीय दलको निर्वाचन हुँदा अहिलेका मुख्यमन्त्री शेरधन राई विजयी भएका थिए। उनले एमालेका तत्कालीन सचिव भीम आचार्यलाई २ मतले हराएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका राईले २६ मत पाउँदा माधव नेपालनिकटका आचार्यले २४ मत पाएका थिए। एकमत बदर भएको थियो। बदर भएको मत आफूहरूकै रहेको प्रचण्ड(नेपाल पक्षको दाबी छ।

कमेन्टहरु
Loading...