शहिद दिवसको अवसरमा वडा ५ ले आयोजना गर्‍यो तीन दिने कार्यक्रम

राजु गिरी, पोखरा । 
पोखरा महानगरपालिका वडा नं. ५ ले यस वर्षको शहिद दिवसको अवसरमा तीन दिने विशेष कार्यक्रम आयोजना गरि मनाउने भएको छ । त्रीदिवसीय कार्यक्रम अन्तरगत माघ १५ गते पोखरा बागलुङ राजमार्ग सरसफाई, माघ १६ गते बालबालिका सम्वन्धि विशेष कार्यक्रम र माघ १७ गते महिला विशेष कार्यक्रम आयोजना हुने सोही वडाकी सदस्य अन्जु केसीले जानकारी दिईन् ।

सरसफाईमा अन्जु केसी, बालबालिका कार्यक्रममा उज्वल खत्री र महिला कार्यक्रममा हरिमाया विश्वकर्मा संयोजक तोकिएको छ ।

शहिद दिवसका दिन आयोजना हुने तीन दिने कार्यक्रममा सहभागीताका लागि वडावासी र सरोकारवालाहरुलाई वडाले अपिल समेत गरेको छ ।

कमेन्टहरु
Loading...