व्याडमिण्टनः टिम ईभेण्टमा भारतलाई दुई स्वर्ण

पोखरा, १७ मंसिर/ १३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत पोखरामा भएको व्याडमिण्टन प्रतियोगिताको टिम ईभेण्ट तर्फ महिला र पुरुष दुवैमा भारतले स्वर्ण पदक जितेको छ । सोमवार राती भएको फाईनलमा भारतले श्रीलंकालाई पराजित गरेको हो ।

भारतले पुरुष तर्फ ३–१ र महिला तर्फ ३–० को सेटमा जित निकालेको हो । रजत पदक विजेता श्रीलंका नेपाललाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो भने, स्वर्ण पदक विजेता भारत पाकिस्तानलाई पराजित गर्दै फाईनमा प्रवेश गरेको हो ।

फाईनलमा टिम ईभेण्ट पुरुष तर्फ सिंगल्समा भारतका श्रीकान्त किदाम्बीले श्रीलंकाका एदिरिमुनि दिनुका निसान पर करुणारत्नेलाई ३–को सेटमा पराजित गरे । पहिलो सेट १७–२१ ले गुमाएका श्रीकान्तले बाँकी सेट २१–१५ र २१–११ को स्कोरमा आफ्नो पक्षमा पारेका थिए ।

यस्तै सिंगल्स तर्फ भारतका श्री साई सिरिल वर्मा अलुरीले श्रीलंकाका सचिन प्रेमासन एंगोदा विदांगेलाई २–१ को सेटम पराजित गरे । सचिनले २१–१७ र ११–छ को स्कोरमा सेट गुमाएका हुन् ।

पुरुष डबल्स तर्फ भारतका कृष्ण प्रसाद कपिला र ध्रुव कापिलाको जोडीले श्रीलंकाका ईद्रिमुनि दिनुका निसान पर करुणारत्ने र हासिथा चण्डाका मन्नी हेवाको जोडीलाई २१–१४ र २१–१८ को सेटमा पराजित गरको हो । यद्यपि, श्रीलंकाको उक्त जोडीले एउटा सेट २१–१४ ले आफ्नो पक्षमा पारेपछि हार टार्न सकेन ।

टिम ईभेण्ट महिला तर्फको सिंगल्समा भारतले क्लिन स्विप गर्यो । उसले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । भारतकी अस्मिता चलिथाले श्रीलंकाकी थिलिनी प्रोमादिका हेन्दाहेवालाई २१–१२ र २१–१३ को सेटमा पराजित गरिन् भने, भारतकै आकर्षि कश्यपले श्रीलंकाकी दिल्मी प्रेमशिखा डायसलाई २१–१९ र २१–१० को सेटमा पराजित गरिन् ।

तेस्रोे खेलमा भारतकी गायत्री गोपिचन्द पुलेलाले श्रीलंकाकी अचिनि निमेशिका रत्नश्रीलाई २१–१८ र २१–१० को सेटमा पराजित गरिन् । रत्नश्रीले एउटा सेट २१–१३ ले आफ्नो पक्षमा पारेपनि उनले रजत पदकमै चित्त बुझाउनु पर्यो ।

कमेन्टहरु
Loading...