वेगनासतालमा वाटर स्पोर्ट संचालनका लागी छलफल

पोखरा । पोखरा महानगरपालिकाले वेगनास तालमा वाटर स्पोर्ट संचालनका लागी सरोकारवालाहरु वीच छलफल सुरु गरेको छ । पर्यटन मार्फत उक्त क्षेत्रको आय आर्जन वृद्धिगर्ने उद्धेश्यले पोखरा महानगरपालिकाले वाटर स्पोर्ट संचालनमा ल्याउने तयारी गरेको हो ।

सोमवार भएको छलफल कार्यक्रममा ई.पी. आईका कन्सल्टेन्ट विष्णु ढकालले पुर्व संभाव्यता अध्ययन सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । छलफल कार्यक्रमलाई सम्वोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस क्षेत्रमा आउने पर्यटकको वसाई लंव्याउन सके त्यसवाट प्राप्त आम्दानीले आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रम संचालन गर्दै ईन्जीनियर रविचन्द्र घिमिरेले वाटर स्पोर्ट संचालन पश्चात वेगनास र आसपासका क्षेत्रमा आउने पर्यटकले समग्र पोखराकै विकासमा सहयोग पुग्ने वताए ।

कार्यक्रममा तालसँग सम्वन्धीत वेगनास ताल मत्स्य व्यवसायी समिति, वेगनास डुङ्गा व्यवसायी समिति, वेगनासताल होटल व्यवसायी समिति, वेगनास युवा क्लव, वेगनास महिला समूह, लगाएतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

पोखरा महानगरपालिका वडा नं ३१ का वडाध्यक्ष ढकनाथ कँडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...