वृक्षरोपण अभियान महत्वपूर्ण अभियान होः सांसद दवाडी

लमजुङ । जन्मदिनमा वृक्षरोपण अभियान असल संस्कारलाई प्रोत्साहन गर्न महत्वपूर्ण अभियान हुने गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले बताएका छन् । सदरमुकाम बेसीसहरको मनाङे चौतारास्थित तमु आमा समूह भवनमा जन्मदिनमा वृक्षरोपण अभियान नेपालको पहिलो स्थापना दिवस तथा तेस्रो बार्षिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दवाडीले यस्तो बताएका हुन् । जन्मदिनमा वृक्षारोपण अभियानका अध्यक्ष बासुदेब सेढाँइले गतवर्ष आफ्नो जन्मदिनको अवसर पारेर यो अभियानको सुरुवात गरेका हुन् ।

बत्ती बालेर र बिरुवा रोपेर जन्मदिन मनाउने संस्कारले समाजलाई उज्यालो तिर लैजाने र एक व्यक्ति एक वृक्षरोपणले प्रकृति र वातावरण रक्षा गर्ने हुनाले जन्मदिनमा वृक्षरोपण अभियान आउँदो भावी पुस्ताका लागि पनि महत्वपूर्ण रहेको दवाडीको भनाई छ ।

फजुल खर्च गरेर जन्मदिन मनाउनुभन्दा विरुवा रोपेर प्रकृतिको संरक्षण गर्न सबैैलाई अनुरोध गर्दै अभियानलाई राष्ट्रव्यापी र विश्वव्यापी बनाउन सहयोग गर्न उनले सबैलाई अपिल समेत गरेका छन् ।

कार्यक्रममा अभियानका अध्यक्ष बासुदेव सेढाँईले अभियानको गतिविधिका बारेमा जानकारी गराएका थिए ।

कमेन्टहरु
Loading...