विद्यार्थी संगठनले आज मसाल जुलुससहित विरोध प्रदर्शन गर्ने

गन्थन संवाददाता । शैक्षिक क्षेत्रमा व्यप्त प्रतिगमन र वेथितिका विरुद्ध पाँच विद्यार्थी संगठनले संयुक्तरुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

राजनीतिक, संवैधानिक तथा शैक्षिक प्रतिगमनका विरुद्ध भन्दै नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले संयुक्तरुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

उनीहरुले विभिन्न मागसहित आन्दोलनको घोषणा गर्दै प्रेस नोट सार्वजनिक गरेका छन् ।

यता पोखराको पृथ्वीनारायण क्याम्पस अगाडी पनि साँझ ५ बजे मसाल जुलुससहितको विरोध प्रदर्शन गरिने विद्यार्थी नेता सन्तोष न्यौपानेले बताएका छन् ।

यस्ता छन् आन्दोलनको तालिका

कमेन्टहरु
Loading...