विच भलिबलमा पुरुष टिमको निराशाजनक नतिजा

पोखरा, १९ मंसिर / १३ औं दक्षिण एशियाली खेलकुद(साग) प्रतियोगिता अन्तर्गत विच भलिबल प्रतियोगितामा नेपाली दुवै टोली पराजित भएको छ ।

फेवाताल किनारमा पहिलो पटक आयोजित अन्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालका मानबहादुर श्रेष्ठ र दिलकुमार सुनारको जोडी पहिलो खेलमा पाकिस्तानका जार्सनाब खान र अफाग खानको जोडीसँग २५—२३, २१–२३ र १२—१५ को सेटमा पराजित भए ।

लिगको दोस्रो खेलमा श्रेष्ठ र सुनारकै जोडी श्रीलंकन इन्डिका थिरोन र जायन सनुजाको जोडीसँग २१–१६, २१—१८ को सेटमा पराजित भएका थिए ।

यसैगरी दोस्रो टोलीको रुपमा कोर्टमा उत्रिएको सन्जुविक्रम शाह र राजु विकको जोडी पनि पाकिस्तानी राज्जाक मोहम्मद र वासिन महम्मदको जोडीसँग १४–२१, १५—२१ को सेटमा पराजित भए ।

दोस्रो खेल खेल्ने क्रममा श्रीलंकन जोडी असान्का प्रदीप र असिन कुमाराको जोडीसँग ९–२१, ११–२१को सेटमा पराजित हुन पुगे ।

कमेन्टहरु
Loading...