वरियतामा गोकुलभन्दा पछाडी परेपछि महेशले लेखे, ‘बा’ले माइलो छोरालाई माया गरेनन्’

नेकपा एमालेको केन्द्रिय कमिटीको वैठकबाट पोलिटव्युरो सदस्य बनेका महेश बस्नेतले बैठक सकिएको केही समयमा` नै सामाजिक सन्जालमा असन्तुष्टि पोखेका छन् ।

पोलिटव्युरो सदस्यमा केपी ओलीका अर्का विश्वासपात्र गोकुल बाँस्कोटा भन्दा पछाडी राखिएपछि बस्नेत असन्तुष्ट बनेका हुन् । बाँस्कोटा र बस्नेतको लडाँई सतहमा देखिदै आएको छ ।

दशौं महाधिवेशनमा सचिवको उम्मेदवारको रुपमा प्रचार गरिएका बस्नेतको स्टाटसले केन्द्रिय कमिटीको बैठकको निर्णय प्रति अन्तुष्टि व्यक्त गरेको भन्द्रै कार्यकर्ताहरुले कमेन्ट गरेका छन् ।

बस्नेतको स्टाटस :

एकजना प्रतिष्ठित ब्यक्तिका ३ छोराहरुमा जेठा र कान्छा,अग्ला र गोह्रा रहेछ्न् भने माइला होचा र कालो रहेछन् । जेठा र कान्छा छोराहरु भने बाआमा र घरको माया गर्ने भन्दा पनि माया गरेको नाटक गर्दा रहेछन् । माइलो छोरो दिनरात नभनी झरी बादल नभनी बाआमा र घर परिवारको सेवा गर्दो रहेछ। तर बाले माइलो छोरालाई खास माया गर्दा रहेनछन्। उनको मनमा यी २ भन्दा रुप रंङ्गमा यो फरक छ । यो मेरो छोरा होइनकी भन्ने आशंका रहेछ । उनको मनमा त्यो बिचारले डेरा जमाएका कारण माइला छोरालाई काममा चाहीँ जोत्ने तर खास वास्ता र माया नगर्ने रहेछन्।
एकदिन आमा सारै नै बिरामी भइछन्। डक्टरले अब आमाको धेरै दिन छैन, अन्तिम इच्छा पूरा गरीदिनु भनेर छोराहरुलाई भनेछन् । छोराहरूले आमालाई तपाईंको केही इच्छा छ कि? भनेर सोधेछन्। आमाले “तिमीहरुको बासंग एउटा जिज्ञासा छ” भनिछन्। छोराहरुले आमा र बालाई संगै राखेर छुट्टै कुरा गराएछन्। आमाले सोधिछन मेरो मनमा एउटा जिज्ञासा छ तपाईंसंग ! भन्दै आफ्नो जिज्ञासा राखिछ्न् “तपाईंले तीन छोरा मध्ये माइलालाई किन खास वास्ता गर्न हुन्न”? बाले भनेछन् “मलाई खास उ प्रति शंका छ”। “उ अरुभन्दा होचो र कालो छ” आमाले भनिछन् “उ चाहीँ खास तपाइँको छोरा हो”। बाले सोधेछन् अनि अरु ! आमाले जबाफ दिइछन् “आमा सत्य हो बा विश्वास हो” अरु पनि तपाईंको छोरा हुन। त्यस दिन देखि बाले ३ जना छोरालाई बराबर माया गर्न थालेछन् । माइलोलाई अझ बढी ……..
कमेन्टहरु
Loading...