लोक दोहोरी प्रतिष्ठान जिल्ला कास्कीको २० औ साधारण सभा सम्पन्न

पोखरा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीको २० औ साधारण सभा तथा विजया दशमी दीपावली तथा छट पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले प्रतिष्ठानले आयोजना गर्ने रचनात्मक र सकारात्मक काममा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

प्रतिष्ठानले नेतृत्व बिकास संगै समय ब्यवस्थापन जस्ता तालिमको आयोजना गरी प्रतिष्ठनमा आवद्ध सदस्यहरुलाई सकारात्मक र रचनात्मक कार्यमा लाग्नका लागी आयोजना गर्ने तालिमको खर्च आफुले ब्यहोर्ने उनको भनाइ रहेको थियो । त्यसैगरी विष्टले छिट्टै नै विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाली लोकदोहोरी गीत प्रति आकर्षित गर्ने गरी विद्यालय स्तरिय लोकदोहोरी गीत प्रतियोगिताको आयोजना गरेको खण्डमा आफुले सक्दो सहयोग गर्ने समेत वताए ।
सो अवसरमा वोल्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका प्रमुख संरक्षक प्रजापति पराजुलीले राजनैतिक हिसावे सवैलाई समान हुने गरी अगाडी वढेको खण्डमा जुनसुकै पार्टीको सरकार आएतापनि प्रतिष्ठानले लाभ लिन सकिने वताए । अहिले यो वा त्यो पार्टीको नेतृत्वले प्रतिष्ठान हाकिरहदा सरकार फेरिने बित्तिकै प्रतिष्ठानप्रति हेर्ने नजर फरक परिरहेको वताउदै सम्पूर्ण पार्टीको पहुच हुने गरी प्रतिष्ठानमा पदाधिकारीहरु राख्नुपर्नेमा उनको भनाइ रहेको थियो । त्यसैगरी पराजुलीले निकट भविष्यमा नेपालको ६६ वटै जिल्लालाई समावेश गरी भजन प्रतियोगिता र रत्यौली प्रतियोगिता गर्ने उद्देश्य रहेको समेत उनको भनाइ रहेको थियो ।

त्यस्तै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले कोरोना महामारीका कारण दुई वर्ष सम्म प्रतिष्ठानले गर्नुपर्ने काममा अगाडी वढ्न नसकेको वताउदै आगामी दिनमा लोकदोहोरीको संरक्षण र प्रवद्र्धनका लागी केन्द्र प्रदेश र जिल्ला मिलेर अगाडी वढ्नुको विकल्प नरहेको वताए ।

सो अवसरमा लोकदोहोरीकी अग्रज गायिका माया गिरीलाई सम्मान गरिएको थियो भने प्रतिष्ठान जिल्ला समितिका उत्कृष्ट वर्ष सदस्य भानुभक्त पौडेल, वर्ष उत्कृष्ट अनुशासित सदस्य प्रकाश वराल, उत्कृष्ट महिला सदस्य दूर्गा क्षेत्री र अनुशासित सदस्य प्रकाश वराललाई प्रमाणपत्र, दोसल्ला र माला लगाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका सचिव माधव चापागाइले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिएभने कोषाध्यक्ष सविना गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका निवर्तमान केन्द्रिय महासचिव चोलेन्द्र पौडेल, सम्मानित ब्याक्तित्व माया गिरी, केन्द्रिय सचिव जीवन दाहाल, केन्द्रीय सदस्य सरला पाण्डे, प्रतिष्ठान प्रर्वतका अध्यक्ष दीपक गदाल, कास्कीका पूर्व अध्यक्ष केशव देवकोटा, वसन्त बास्तोला, संचारकर्मी श्याम कुंवर लगायतले वोलेका थिए ।

कमेन्टहरु
Loading...