लोकदोहोरी गायिका कुमारी बुढा मगरको ‘धर्ति आकाश’ सार्वजनिक (भिडियो सहित)

पोखरा । पोखरामा रहेर लोक तथा दोहोरी क्षेत्रमा अग्रसर गायिका एवं सञ्चारकर्मी कुमारी बुढा मगरको ‘धर्ति आकाश’ बोलको गीत बजारमा आएको छ । यस गितमा चर्चित लोकदोहोरी गायक तथा सर्जक बिमल डाँगी र कुमारी बुढा मगरको स्वर रहेको छ । गीतमा लय बिमल डाँगीको छ भने शब्द रचना भगवान भण्डारीले गरेका छन् । मदन खड्काको निर्देशन, बिरेन्द्र भट्टको छायांकन र अभिनास डी.सी.को सम्पादनमा बनेको म्युजिक भिडियोमा गायक तथा मोडल जय देबकोटा र गायिका कुमारी बुढा मगर रहेका छन् ।

पछिल्लो समय लोक दोहोरी क्षेत्रमा सक्रियताका साथ लागेकी कुमारी बुढा मगरले यही क्षेत्रमा आफु निरन्तरता दिने दृढता व्यक्त गरिन्।

गीतको भिडियोलाई बिमल डाँगी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

 

कमेन्टहरु
Loading...