लिम्पियाधुरा सहीतको नयाँ नक्साको अङ्ग्रेजी संस्करण स्वीकृत

नेपालको नयाँ नक्साको अङ्ग्रेजी संस्करण स्वीकृत भएको छ ।

नापी विभागका सूचना अधिकारी दामोदर ढकालले विभागले तयार पारेको लिम्पियाधुरासहितको नक्साको अङ्ग्रेजी संस्करण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्वीकृत गर्नुभएको जानकारी दिनुभयो ।

सरकारले नेपालको राजनीतिक तथा प्रशासनिक संरचना समेटिएको नेपालको नयाँ नक्साको नेपाली संस्करण गएको जेठ ५ गतेको निर्णयअनुसार जेठ ८ गते मन्त्री अर्यालले सार्वजनिक गर्नुभएको थियो ।

अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र सङ्घ, कुटनीतिक नियोगलगायत अन्तर्राष्ट्रिय क्षेत्रमा पठाउनका निम्ति बाटो खुलेको सूचना अधिकारी ढकालले बताउनुभयो ।

अब परराष्ट्र मन्त्रालयमार्फत अन्तर्राष्ट्रिय समुदायमा नक्सा पठाइने विभागले जनाएको छ ।

कमेन्टहरु
Loading...