लकडाउन अवधिको घरभाडा नउठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले लकडाउन अवधिको घरभाडा तत्कालका लागि नउठाउन आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले सरकार र सातै प्रदेशका मुख्यमन्त्रीको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

ओबीसी महासंघका तर्फबाट गजेन्द्र ठाकुरले असार २१ गते सम्पूर्ण श्रमिकले यो अवधिमा आम्दानी नगरेकाले भाडा तिर्न नसक्ने भएकाले छुट दिनुपर्ने माग गर्दै सार्वजनिक सरोकारको रिट दायर गरेका थिए ।

सोही रिटमा सुनुवाई गर्दै अदालतले कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन अन्तरिम आदेश जारी गरेको हो ।

कमेन्टहरु
Loading...