रोट्रयाक्ट क्लब अफ हेमजाद्वारा ५५ जनालाई न्यानो कपडा वितरण

पोखरा । रोट्रयाक्ट क्लब अफ हेमजाले शनिबार एक कार्यक्रमको आयाजना गरी आर्थिक रुपमा बिपन्न ४० जना बालबालिका र १५ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी क्लब अफ पोखरा अन्नपूर्णका आगामी बर्षका अध्यक्ष तोय बहादुर भट्टराईले जहाँ आवश्यकता, त्यहाँ रोट्रयाक्ट क्लबले सहयोग गर्ने बताउदै सहि समयमा धेरै राम्रो काम गरेकोमा रोट्रयाक्ट क्लव अफ हेमजा माथि आफु निकै प्रवाभित भएको भन्दै सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा कार्यपालिका सदस्य एवं वडा सदस्य धनकुमारी पोख्रेल तिमिल्सिना, बिष्णुपादुका माबिका प्रधानाध्यापक दिपकराज पौडेल र क्लबका सल्लाहकार तथा समाजसेवी मदन थापाले रोट्रयाक्ट क्लब अफ हेमजाबाट धेरै कुरा सिक्ने अवसर मिलेको भन्दै क्लबमा हुने कार्यक्रममा आफ्नो साथ र सहयोग सधै हुने प्रतिबद्यता जनाए ।

कार्यक्रम संयोजक गरेका बिश्वराज पौडेलले आफुहरुले देउसी भैली कार्यक्रम सञ्चालन गरी आर्थिक ब्यवस्थापन गरेको बताउदै आफुले संयोजक रहेर काम गर्न पाउदा धेरै खुशी भएको खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै कामहरु गर्ने र काम गर्नको लागि सबैको साथ र सहयोग खाँचो रहने बताए ।

रोटरी क्लब अफ पोखरा अन्नपुर्णका कोषाध्यक्ष माधब बराल तथा क्लबका पब्लिक रिलेसन चेयरका संयोज सरोज नारायण बरालको पनि उपस्थिति रहेको सो कार्यक्रममा क्लवका अध्यक्ष ई. विकल थापाले बिगत १० बर्ष यता रोट्रयाक्ट क्लव अफ हेमजाले बिभिन्न सामाजिक कामहरु गर्दै सक्रिय रुपमा अगि बढेको र अब आउने दिनहरुमा नि यस्तै सामाजिक कामहरु निरन्तरता दिने प्रतिबद्यता जनाउदै आफुहरु यस कामबाट खुशी भएको र यस काम लागि बार्षिक कार्य योजनामा राखेको बताउदै आगामी बर्षमा अझ ठुलो संख्यामा न्यानो कपडा वितरण गर्ने बताए ।

क्लबका अध्यक्ष ई. विकल थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रकाश पौडेलले दिएका थिए भने अनिसा खड्काले मन्तव्य दिदै धन्यवाद ज्ञापन गरेकी थिईन र कार्यक्रम सञ्चालन सचिब अनिल पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...