रेडक्रस उपशाखा पोखरा ५ द्वारा ट्राफिक सचेतना कार्यक्रम

गन्थन संवाददाता, पोखरा । नेपाल रेडक्रश सोसाइटी पोखरा ५ उपशाखाले ट्राफिक सचेतना तथा लागु औषध दुव्र्यशन नियन्त्रण प्रशिक्षण कार्यक्रम गरेको छ । पोखरा ५ मा रहेको बाराही मावि कक्षा १० का विद्यार्थीहरुलाई रेडक्रस उपशाखा ५ ले सचेतना तथा प्रशिक्षण गराएको हो ।

कार्यक्रममा सवारी दुर्घटना हुनबाट कसरी सचेत बन्ने र लागु औषध दुव्र्यशनबाट कसरी बच्ने भन्ने बारेमा प्रशिक्षण गराइएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरिक्षक शिव पाठकले विद्यार्थीलाई प्रशिक्षण गराएका थिए । कार्यक्रम निकै उपलब्धिमूलक रहेको बाराही माविका प्रधानाध्यापक शिव प्रसाद भण्डारीले बताए ।

कार्यक्रमको संयोजन रेडक्रस पोखरा ५ उपशाखाका कोषाध्यक्ष राजेन्द्र खत्रीले गरेका थिएभने कार्यक्रमको संचालन उपशाखाका सचिव केशवप्रसाद कोइरालाले गरेका थिए ।

कमेन्टहरु
Loading...