रुखबाट खस्दा पोखरामा एकजनाको मृत्यु

पोखरा, ६ जेठ /पोखरा महानगरपालिका २१ कृष्ती एक व्यक्ती रुखबाट खस्दा मृत्यु भएको छ ।

पोखरा २१ कृष्तीका ५२ बर्षिय शिव प्रसाद सुवेदी घर नजिकै घाँस काट्न रुखमा चढेका बेला खसि घाईते भएका थिए ।

उनको उपचारको लागि मेट्रोसिटि अस्पताल पोखरा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान गरी रहेको जनाको छ ।

कमेन्टहरु
Loading...