रुकुम पश्चिममा जीप दुर्घटना हुदाँ ४ जनाको मृत्यु

 

दाङ, ११ जेठ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जिप दुर्घटना भएको छ ।

बिहिबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाईते हुन पुगेका छन्  ।

सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना हुन पुगेको हो ।

सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको छ ।

दुर्घटनामा परेर आठ जना घाईते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारको पठाईएको छ ।

दुर्घटनाको पुरा विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताईएको छ ।

कमेन्टहरु
Loading...