राम मन्दिरमा महायज्ञ जारी, छैटौं दिन मात्र १६लाख ५० हजार रकम संकलन

पोखरा ७, पौष/पोखराको बिरौटास्थित राममन्दिरमा जारी श्रीमद्भागवत सप्ताह तथा धनधान्याञ्चल विशिष्ट महायज्ञमा हालसम्म ४७ लाख रुपैयाँ बढि दान रकम संकलन भएको छ । महायज्ञको छैटौं दिन मात्र १६ लाख ५० हजार रुपैयाँ दान रकम संकलन भएको महायज्ञ मुल समारोह समितिले जानकारी दिएको छ । उक्त रकम श्रावणमा लगाइएको पुरुषोत्तम माहत्माको अवधिको समेत जोडिएको समेत समितिले जनाएको छ ।

महायज्ञको छैटौ दिन दान गर्ने पोखरा १७का भिम बहादुर भट्टराई÷जमुना भट्टराईले २लाख ६६हजार ६६६, पेखरा १७ गुप्तेश्वर महादेव गुफा ब्यवस्थापन समितिले दुई लाख एक हजार १११, राम मन्दिर विरौटा महिला उद्धारा समुहले एक लाख ३२ हजार २९६,पोखरा १७का डिल्लीराम भट्टराई÷विन्दु भट्टराईले एक लाख ११ हजार १११, पोखरा १७का रवि वराल ÷सरिता वरालले एक लाख एक हजार १११, पोखरा १७ शिशुनिकेन उच्च माविले ३१ हजार , पोखरा ७का द्रौपती बरालले ५१ १११, पोखरा ६का हरि प्रसाद÷ बसन्ती पौडेलले ३० हजार, पोखरा १७का श्याम प्रसाद श्रेष्ठले ३० हजार २१५,पोखरा १७ का इन्द्र प्रसाद ढुंगाना÷कौशिला ढुंगानाले ३० हजार १००, पोखरा १७का दल बहादुर थापाले ३० हजार, पोखरा १७का शिव प्रसाद ÷लक्ष्मी आचार्यले ५१ हजार १५१,पोखरा ६का हरि प्रसाद÷वसन्ती पौडेलले ३० हजार १०० रहेका छन् ।

कमेन्टहरु
Loading...