रबिन्द्र अधिकारी परिबर्तनका सम्बाहक

पोखरा / नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रबिन्द्र प्रसाद अधिकारीको स्मृतिमा बिद्धार्थी राजनिती ,बिकास र रबिन्द्र अधिकारी बिषयक परिसम्बाद कार्यक्रम सम्पन्न भएको  छ।
  अधिकारीको नाममा स्थापना भएको रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले अधिकारीको स्मृति दिवस त्रिदिबसिय कार्यक्रम अन्तर्गत मनाउने क्रममा  तेश्रो तथा अन्तिम दिन सोमबार उक्त परिसम्बाद कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा  रबिन्द्र अधिकारिको बारेमा चर्चा गर्दै  प्रमुख अतिथी प्रदेश एकका पुर्ब प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले रबिन्द्रले बिकासमा अघि सारेका योजना अबिष्मरणिय भएको भन्दै  उनको योजना सबैको प्रतिबद्धता हुनुपर्ने भन्दै यसमा कटिबद्धताका साथ लाग्नु पर्ने बताए। प्राध्यापक डा. भरतराज पहारीले अधिकारी परिबर्तनका एक सफल संबाहक  भएको उल्लेख गरे। पहारिले रबिन्द्र बहुआयामिक ब्यक्ती भएको भन्दै राजनितिलाइ समाज बिकासका अनेकन आयामहरु सङ्ग जोड्ने कुशल ब्यक्ती भएको बताए। रबिन्द्रका सहकर्मी  राजनितिक बिष्लेषक  झलक सुवेदीले रबिन्द्र सङ्ग सबैलाइ समेट्न सक्ने खुबी भएकै कारण सबैको प्रिय भएको भन्दै नवीन बिचार र ठोस कार्ययोजना लक्ष्य सहित लागि पर्ने ब्यक्तिको रुपमा चित्रण गरे।
 उनले बिद्यार्थिकाल देखि नै  मिहिनेती र कर्मशिल भएकै कारण सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल भएको बताए।
 कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष समेत रहेकी एमाले केन्द्रिय सदस्य ,प्रतिनिधि सभा सदस्य एबम स्वर्गीय अधिकारिकी धर्मपत्नी बिद्या भट्टराई , प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एबम गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा , महासचिब धनराज आचार्य ,प्रतिष्ठानका सदस्य रश्मि आचार्य ,  पृथ्वीनारायण क्याम्पसका  पुर्ब प्रमुख गेहेन्द्रश्वर कोइराला  , सोही क्याम्पसका प्रमुख सरोज कोइराला लगायतका बक्ताहरुले  रबिन्द्र  अधिकारिले  बिद्धार्थी राजनिती र बिकास लगायतका   बिबिध क्षेत्रमा पुर्याएको योगदानको बारेमा प्रकाश पारेका थिए।
 यसअघि फागुन चौध गते  रबिन्द्र अधिकारी र मिडिया बिषयमा अन्तरक्रीया कार्यक्रम  ,फागुन पन्ध्र गते  सहिद स्मृति पार्कमा स्वर्गीय अधिकारिको शालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली  कार्यक्रम र  सोही दिन ” रबिन्द्र स्मृती दिवस समारोह सम्पन्न भएको सो प्रतिष्ठानले जनाएको छ ।
कमेन्टहरु
Loading...