युनाईटेड क्लबका अध्यक्ष गुरुङको सक्रियतामा मृतकका परिवारलाई आर्थिक सहयोग

पोखरा । 

दशैमा आफु बसिरहेको टोल उज्यालो बनाउन बिद्युतको पोलमा बत्ती जडान गर्ने क्रममा करेण्ट लागेर मृत्यु भएका ज्ञानेन्द्र दाहालको परिवारलाई बीस हजार ६ सय रुपैयाँ आर्थिक सहयोग गरिएको छ । मालेपाटन यूनाईटेड क्लबका अध्यक्ष प्रेम गुरुङ्गको सक्रियतामा उक्त रकम संकलन गरि सहयोग गरिएको हो । आफु र आफ्ना साथीहरुसँग स्वइच्छिक सहयोग जुटाएर गुरुङले पीडित परिवारलाई सहयोग गरेका हुन् ।

पोखरा ५ मालेपाटन निवासी प्रेम गुरुङ्गले संकलन भएको रकम वडाका जनप्रतिनिधि हरिमाया विश्वकर्मा र उज्जवल खत्रीलाई हस्तान्तरण गरेका थिए ।

अन्नपूर्ण गाउँपालिका पामे घर भई पोखरा ५ मालेपाटनको उपल्लोकुलाकोडिलस्थित माछापुच्छ्रेमार्गमा परिवारसहित डेरा गरी बसेका ज्ञानेन्द्र दाहालको सोही स्थानमा सडकको पोलमा वत्ती जडान गर्ने क्रममा करेण्ट लागेर गम्भिर घाईते बनेका थिए । दुई नावालक बच्चा र श्रीमतिसहित डेरा नजिकैको पोलमा करेण्ट लागेर सिकिस्त भएका दाहाललाई स्थानीयबासीले तत्काल उद्धार गरी पोखराको फिस्टेल अस्पतालमा लगे पनि उनले अस्पतालको गेटमै प्राण त्यागेका थिए । दाहालको निधनपछि दुई नावालक सन्तान र श्रीमतीलाई आर्थिक अभाव भएपछि त्यहाँका स्थानीयले सहयोग जुटाएर पीडित परिवारलाई सहयोग गर्दै आएका छन् ।

कमेन्टहरु
Loading...