मेगा बैंकका कार्डहोल्डर र कर्मचारीलाई मेडिप्लस हस्पिटलमा छूट

गन्थन डेस्क

देशकै ‘क’ वर्गको मेगा बैंक लिमिटेड र हालै पोखरामा सञ्चालनमा आएको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच आज व्यावसायिक सम्झौता भएको छ ।

सम्झौता अनुरुप अब बैंकका कर्मचारी र डेबिट/क्रेडिट कार्डवाहकलाई हस्पिटलले विविध उपचार र सेवामा छूट दिनेछ । बैंकका स्वास्थ्य व्यवस्थापन प्रमुख उपासना राणा र हस्पिटलका चेयरम्यान रमेश थापाबीच भएको सम्झौतापत्र अनुसार कर्मचारीलाई बेडचार्जमा २० र उपचारमा १५ प्रतिशत छूट दिइनेछ ।

कर्मचारीकै हकमा सर्जरीतर्फ १० र औषधिमा ५ प्रतिशत छूटको व्यवस्था गरिएको हस्पिटलले जनाएको छ ।

यसैगरी सम्झौतामा बैंकका ग्राहक एवं कार्डवाहकलाई बेड, उपचार र सर्जरीतर्फ १० प्रतिशत एवं औषधिमा १० प्रतिशत छ्रूट दिइने उल्लेछ । त्यस्तै, डेन्टल सेवामासमेत १० प्रतिशत छूट दिइने उल्लेख छ ।

यो सम्झौता अबका २ वर्षसम्म रहने दुबै पक्षले जनाएका छन् ।

सम्झौतापत्र हस्ताक्षरमा साक्षीकारुपमा बैंककातर्फबाट पोखरा शाखाका व्यवस्थापक मोहन गिरी र  हस्पिटलकातर्फबाट व्यवस्थापक दिवस कुँवरले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षरकाे अवसरमा बैंकका प्रदेश बजार प्रमुख लेखनाथ गौतमको समेत उपस्थिति रहेको थियो ।

 

कमेन्टहरु
Loading...