मुक्तिनाथ विकास बैंकको बोनस सेयरको मूल्य समायोजन

 

काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंकको बोनस सेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ५७१ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको १७ दशमलव ५७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

बैंकले साधारणसभा प्रयोजनार्थ आज बुक क्लोज गरेको छ ।

मुक्तिनाथले २५ मंसिरमा साधारणसभा आह्वान गरेको छ । सभामा गत वर्षको नाफाबाट बैंकले प्रस्ताव गरेको १७-५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०-९२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

कमेन्टहरु
Loading...