‘मिस्टर नेपाल २०१९’ को पोखरा अडिसन सम्पन्न

पोखरा, १३ मंसिर / पुरुषहरुको ‘व्यूटी एण्ड ट्यालेन्ट सो’ मिस्टर नेपाल २०१९ को पोखरामा अडिसन सम्पन्न भएको छ । मिस्टर नेपालका लागि पोखरा अडिसनबाट तीन जना प्रतिस्पर्धी छनोट भएको निर्णायक आशिष पुरीले जानकारी दिए ।

अडिसनमा सहभागी ७ जना मध्ये ३ जना छनोट भएको पुरीले बताए । छनोट हुनेहरुमा जिरो किमिका अजित परियार, नयाँगाउँका नविन रानाभाट र बुद्धचोकका निसान सुनार रहेका छन् ।

अडिसनमा कोरियोग्राफर सुरज थापा, चर्चित कार्यक्रम प्रस्तोता इनिषा दुरामगर र पोखराका संयोजक आशिष पुरी निर्णायकको भूमिकामा रहेका थिए ।

एक्स्पोज नेपालबाट आयोजना हुने ‘मिस्टर नेपाल २०१९’ प्रतियोगिता अन्य सौन्दर्य प्रतियोगिता कै शैलीमा हुने भए पनि यस भित्रको युवाहरुको व्यक्तित्व विकास, आत्माविश्वास अभिबृद्धि र क्षमताउजागर हुने मिस्टर नेपाल २०१९ संग सहकार्य गरेका एस टि क्रियशनका प्रबन्ध निर्देशक सुरज थापाले बताए ।

यसका लागि अहिले देशमा बिभिन्न ठाउँमा अडिसन हुँदैछ । धनगडीबाट सुरु भएको अडिसन, इटहरी हुँदै, बिर्गुन्ज, चितवन, बुटवल र पोखरामा सम्पन्न भइसकेको छ । अब मङ्सिर १४ गते अन्तिम अडिसन काठमाण्डौमा हुनेछ ।

नेपालका विभिन्न स्थानमा सम्पन्न अडिसनबाट छानिएका प्रतिस्पर्धीहरुले काठमाडौंमा हुने मिस्टर नेपालको फाइनल आउँदो डिसेम्बर २६ ग्राण्ड फिनालेमा प्रति स्पर्धामा भाग लिने र त्यहाँबाट पनि छानिएका एक जनाले विश्वका सबै मुलुकबाट छानिएर आएका प्रतिस्पर्धीहरु सँग अन्तराष्र्टिय स्तरमाप्रतिस्पर्धाका लागि मिस्टर वल्र्डमा सहभागिता जनाउने अवसर पाउने छन् ।

कमेन्टहरु
Loading...