मादी गाउँपालिकाका १ सहित कास्कीमा थप ३ जनालाई संक्रमण पुष्टि

पोखरा । कास्कीमा थप ३ जनालाई कोराना भाइरस संक्रमण भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा ९ का २ तथा मादी गाउँपालिकाका १ जनालाई संक्रमण पुष्टि भएको हो । पोखरा ९ का दुवै जना अख्तियार दुरुपयोग आयोग पोखरामा कार्यरत कर्मचारी हुन् ।

लमजुङमा ५ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको सुन्दरबजार नगरपालिका तथा बेसीसहर नगरपालिकाका ५ जनालाई संक्रमण पुष्टि भएको हो । सुन्दरबजार नगरपालिका ९ का १ महिला सहित ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै बेसीसहर नगरपालिका १ का १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यता स्याङ्जाका २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको चापाकोट १ तथा वालिङ नगरपालिका १ का १÷१ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित भारतबाट आएको बताइएको छ ।

नवलपरासीका १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको देवचुली तथा कावासोतीका हुन् । जिल्लामा देवचुली नगरपालिका अन्तरगतका वडा सचिव हुन् भने देवचुली १० तथा १२ का २ जना संक्रमित भारतबाट आएको निर्देशनालयले जानकारी दिएको छ ।

यता तनहुँमा ६ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको म्याग्दे गाउँपालिकाका ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै पर्वतमा २ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको कुश्मा नगरपालिकाका २ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमित नेपाली सेना हुन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ७ सय ७७ पुगेको छ ।

 

कमेन्टहरु
Loading...