मादक पदार्थ सेवन गरेर महिलाको ओछ्यानमा गएको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मेडल राई पक्राउ परेका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका वडाध्यक्ष राई मध्येरातमा रक्सीले मातेर स्यानीय महिलाको ओछ्यानमा पुगेपछि पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार वडाध्यक्ष राईले उक्त महिलालाई बलात्कारको प्रयास समेत गरेका थिए । उक्त महिलाले वडाध्यक्ष राईविरुद्ध लिखित रुपमा नै उजुरी दिएकी छिन् ।

राईमाथि जिल्ला अदात ओखलढुंगाबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...