माछापुच्छ«े गाउँपालिकामा २ तथा पोखरामा ५ सहित कास्कीमा थप ७ जनालाई कोरोना पुष्टि

पोखरा । कास्कीमा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये जिल्लाको माछापुच्छ«े गाउँपालिकाका २ जना रहेका छन् । सो गाउँपालिकाका ५३ र ७३ वर्षीया २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखरामा ५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५० वर्षीया १ जना महिला तथा ३९, ६६, ६९ र ८१ वर्षीय ४ जना पुरुष रहेका छन् । यस अगाडि कास्कीमा ४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमिममध्ये ४४ जना पोखरा तथा १ जना माछापुच्छ«े गाउँपालिकाका रहेका थिए । यससंगै यो समाचार तयार पार्दासम्म ५२ जनालाई कास्कीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४९ जना पोखरा तथा ३ जना माछापुच्छ«े गाउँपालिकाका रहेका छन् ।

त्यस्तै बाग्लुङमा ८, गोरखामा ७, लमजुङमा ३, म्याग्दीमा २ तथा मुस्ताङमा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ हजार ५ सय ८५ पुगेको छ ।

कमेन्टहरु
Loading...