महिला भलिबल टोली सरकारबाट नगदसहित पुरस्कृत

काठमाडौं / गत पुसमा बंगलादेशमा आयोजित एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप (एभिसीं) अन्तर्गत महिलातर्फको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई सरकारले नगदसहित पुरस्कृत गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारमा विजेता महिला भलिबल टोलीका १२ सदस्यलाई जनही पाँच लाख नगदसहित पुरस्कृत गरेका हुन् ।

यस्तै टोलीका दुई प्रशिक्षकलाई जनही तीन लाख र एक अफिसियललाई दुई लाख नगदसहित पुरस्कृत भए । ढाकामा उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टोलीले लगातार दोस्रोपटक उपाधि रक्षा गरेको हो ।

कमेन्टहरु
Loading...