महावीर पुनले कुस्ती खेलेर जिते केटिएमको डर्ट बाइक

दिपक के श्रेष्ठ

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन् महावीर पुन । केन्द्रमार्फत विभिन्न आविष्कार र खोजमा जुटेका पुन कुस्ती खेल्नमा समेत रुचि राख्ने पात्र हुन् । उनी बेलाबेलामा कुस्तीबाज भएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा पोष्ट्याइरहन्छन् । तर उनी प्रोफेशनल कुस्तीबाज नभई मनोरञ्जनार्थ खेल्ने गर्छन् ।

यस्तै कुस्तीमा उनी मंगलबार बायोमेडिकल इञ्जिनियर संजयबहादुर सिंहसँग भिडे । र, जिते पनि । वास्तवमा कुस्ती जितेपनि त्यसवापत कुनै पुरस्कारको व्यवस्था थिएन । उनले उक्त कुस्तीको भिडिओसमेत शेयर गरे ।

भिडिओ शेयर गरेपछि आविष्कार केन्द्र र पुनका शुभचिन्तक बालाजु लोलांगहाइट निवासी विनोद खनालले पुनलाई घरमा बोलाएर ब्लुबुकसहित आफु चढ्ने केटिएम डर्ट मोटरसाइकल सम्मानस्वरुप प्रदान गरे ।

बा. ८२ प. ५८३२ नम्बरको मोटरसाइकल पाएपछि पुनले यसको प्रयोग केन्द्रले आवश्यकता अनुसार प्रयोग गर्ने बताएका छन् । पुनले भनेका छन्, ‘भाई विनोद खनाललाई धेरै धेरै धन्यवाद ।

 

कमेन्टहरु
Loading...