मन्त्री मनाङले छाडे मुख्यमन्त्री गुरुङको साथ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिश्वासको मत लिने अघिल्लो दिन गुरुङ सरकारलाई समर्थन गर्न नसक्ने भन्दै प्रदेशमा युवा तथा खेलकूद मन्त्री दीपक मनाङ्गे आफ्नो गाडी मन्त्रालय छाडेर बाहिरिएका छन् ।

मनाङ्गेले संसद बिघटन गर्ने काम आफुबाट नहुने बताएका थिए । मनाङ्गेले गुरुङको साथ छाडेको खबर पाउनसाथ बुधबार राती नै मुख्यमन्त्री निबासमा ठुलो जमघटसहित बैठक चलिरहेको थियो ।

मनाङ्गेले समर्थन गर्ने बित्तिकै बिपक्षी गठबन्धनको सरकार बन्ने संभावना देखिन्छ । बिशेष स्रोतका अनुसार एमालेका अन्य दुइ सांसदले पनि बिपक्षीलाई सहयोग गर्दैछन् ।

कमेन्टहरु
Loading...