मनोज गजुरेल संक्रमण मुक्त

काठमाडौँ । हाँस्य कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त भएसँगै उनी आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले आफु संक्रमणमुक्त भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

११ दिनको अस्पताल बसाईपश्चात घर फर्किएर आराम गरिरहेको उनले बताएका छन् । ‘कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ्य भएर काममा फर्कने छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले आफ्नो उपचारमा संलग्न चिकित्सक तथा अस्पताल परिवार र स्वास्थ्यलाभको कामना गर्ने आफन्त र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । साथै दीपावलीको शुभकामाना दिँदै उनले महामारीबाट आफु जोगिन र अरुलाई जोगाउन आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...