मदरल्याण्ड फुटसल प्रतियोगिताको उपाधि पायोनियर स्कुललाई

पोखरा । हालै सम्पन्न प्रदेशस्तरीय मदरल्याण्ड फुटसल प्रतियोगिताको उपाधि स्याङजाको पायोनियर स्कुलले जितेको छ । पोखराको एसओएस स्कुललाई फाइनल खेलमा १–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

पायोनियरले नगद ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्दा एसओएसले नगद २० हजार मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा ज्ञान बगैँचा स्कुल तनहुँले तेस्रो स्थान हात पार्दा स्नोभ्यु बोर्डिङ स्कुल हेम्जाले चौथो स्थान हात पा¥यो । ज्ञान बगैँचाले नगद १० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्दा स्नोभ्युले नगद ५ हजार र साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । त्यसै गरी उत्कृष्ट खेलाडीको उपाधि पायोनियरका जनम ठकुरीले हात पारेका छन् भने सबैभन्दा बढी गोलकर्ताको उपाधि ज्ञान बगैँचाका प्रमेश पुलामीले प्राप्त गर्न सफल भए ।

एसईई दिएर बसेका विद्यार्थीहरूको खाली समयको सदुपयोग गर्ने उद्देश्यले मदरल्याण्ड मावि पोखराले प्रदेश स्तरीय फुटसल प्रतियोगिताको आयोजना गरेको थियो । तीन दिनसम्म चलेको प्रतियोगितामा गण्डकी प्रदेशभरिबाट ६६ टिमले सहभागिता जनाएका थिए ।

उद्घाटन सत्रका प्रमुख अतिथि पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँले उद्घाटन गर्नुभएको उक्त प्रतियोगिताका विजयी खेलाडीलाई पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्य, विद्यालयका निर्देशक त्रिभुवन शर्मा, दस जोड दुईका इन्र्चाज नारायण आचार्य, सञ्चालक कृष्ण बराल, विद्यालयका अङ्ग्रजी विभागीय प्रमुख बामनकुमार घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...