भैरहवा बिमानस्थलमा अचानक आगलागी हुँदा….

भैरहवा / निर्माण सम्पन्न भई संचालनको तरखरमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आइतबार साझ ७ बजेर १४ मिनेटमा हिले बिमानस्थलबाट आएको २०० जना सवार मुकु एयरलाईन्सको ए ३३० को फलाइट मुकु १८१ को बिमान आपतकलिन अवतरण गर्ने क्रममा दुर्घटना भई अचानक आगलागी भयो ।

साइरन बजाउँदै दमकलहरू दौडन थाले, विमानस्थलमै रहेको एम्बुलेन्स पनि हुइकिदै घटनास्थल तर्फ लाग्यो । विमानस्थलभित्र अप्रिय घटना घट्यो भन्दै एयरपोर्ट वरिपरिका मानिसहरुले आत्तिए । विमानस्थलभित्र अचानक धुवाँको मुस्लो निस्किएपछि अत्तालिएका विमानस्थलका छिमेकीलाई विमानस्थलमा आगलागी भएको भन्ने आभास भयो । केही बेरमा अवतरणको क्रममा बिमानस्थल दुर्घटना भएको खबर विमानस्थल प्रशासनले गर्यो ।

उता आगलागीलाई उद्दार तथा अग्नी निवारण शाखाको अग्निनियन्त्रक, नेपाली सेना, नेपाल प्रहरीले आगो नियन्त्रणमा लिदै थिए ।

विमानस्थलको ४ वटा र सिद्धार्थनगर नगरपालिकाको एक दमकलबाट आगो नियन्त्रणमा आयो ।

दुर्घटनामा ५० जनाको ज्यान गयो भने १५० जना घाइते मध्ये ४५ जना सिक्स्तलाई तत्काल एम्बुलेन्स बाट युनिभर्सल मेडिकल कलेज, भिम अस्पताल र सिटी अस्पताल पु¥याइएयो  ।

यि सवै घटना भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नमुनाको रुपमा आगलागी नियन्त्रण अभ्यासका लागि गरिएको थियो ।

 

संचालनको तयारीमा रहेको विमानस्थलमा भैपरी आउने भन्दै पहिलो पटक रात्रीकालिन समयमा फुल स्केलमा अभ्यास गराइएको विमानस्थलका महाप्रबन्धक गोबिन्द प्रसाद दहालले बताए ।

विमानस्थलमा अग्निनियन्त्रक तर्फ २५ जना कार्यरत छन, विमानस्थलमा दुर्घटना भए त्यसको तयरी के कस्तो छ कमीकमजोरीको पहिचान गर्न पनि यो अभ्यास गरिएको सह–महाप्रबन्धक प्रदिप अर्यालले भने ।  अभ्यासका लागि गराइएको परिकल्पना सहितको यो दुर्घटना पनि आपतकालिन उद्धार के कसरी गर्ने भनि गरिएको अभ्यास हो ।

प्रत्येक२  वर्षमा यस्तो फुल स्केलमा अभ्यास गराउनु पर्छ । विमानस्थल क्षेत्रभित्र हुने जहाज दुर्घटना पश्चात उद्धारलाई व्यवस्थित र छिटो छरीतो बनाउन गौतमबुद्ध बिमानस्थलमा आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास मार्फत सचेत गराउन र आफु कसरी प्रस्तुत हुने भनि देखाउन अभ्यास गराइने गरिएको छ ।

मापदण्डमा रहेर उद्धार टोली, एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी आपतकालिन अभ्यास गरिएको विमानस्थलका महाप्रबन्धक दहालले जानकारी दिए । उद्वार तथा अग्नि निवारणको पहिलो उद्देश्य र प्राथमिकता नै पहिलो ज्यान बचाउने, धनजनको सुरक्षा र सेवा दिने भएकोले कसैको जिवन रक्षाका लागि सधैव तयारी अवस्थामै रहेर दुर्घटना न्युनिकरणमा पहिलो भुमिका खेल्दै आएको बताए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार गरिएको आपतकालिन अभ्यासमा बिमानस्थलमा फायर फाइटर, नेपाली सेना, नेपाल प्रहरी, विमानस्थल सुरक्षा गार्ड, स्वास्थ्यकर्मी, एयरलाइन्सका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

-मोहम्मद हबिब

कमेन्टहरु
Loading...