भेरी अस्पतालमा उपचारत कोरोना संक्रमितको मृत्यु

 

बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेको जानकी गाउँपालिका वडा नं। ६ का ६५ वर्षीय पुरुषको गएराति मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सनले जानकारी दिए ।

 

भेरी अस्पताल स्रोतका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असोज १० गते अस्पतालको प्रि–आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वासलगायतका समस्या थियो ।

कमेन्टहरु
Loading...