भुमिहिन श्रमजिबी जनताका सारथी भिम कार्की

पोखरा / नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र न २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्किलाइ उक्त निर्बाचन क्षेत्रका मतदाताहरूले आम भुमिहिन तथा अव्यवस्थित बसोबास गरिरहेका जनताहरूको सारथी भएको प्रतिक्रिया दिएका छ्न।

केपि ओलि नेतृत्वको एमाले सरकारद्वारा गठित भुमी सम्बन्धि समस्या समाधान आयोगमा केन्द्रिय सदस्य तथा प्रबक्ताका रूपमा काम गर्दा उनी हुँदा खाने जनताहरूका असल साथी भएको प्रमाणीत भएको स्थानियहरूले उल्लेख गरेका छ्न।

आफ्नो कार्यकालमा भुमिहिनहरूलाई भुमिको मालिक बनाउने अभियानलाई आबश्यक नीति निर्माण गर्दै नेतृत्व दिने एक मात्रै सबल उम्मेदवार कास्की २(१) ले प्राप्त गरेको भन्दै आफुहरुका सपनालाई बिपनामा बदल्ने उम्मेदवार कार्की भएको उनीहरुको दाबी छ। स्थानियहरूले सो कुरा आफ्नो निर्बाचन क्षेत्र कास्की २(१) का विभिन्न ठाउँका मतदाता सङ्ग साक्षात्कार अभियानमा रहेका उम्मेदवार कार्किलाइ आश्वासन प्रदान गर्दै बताएका हुन। एमालेले बाडेका सपना कहिल्यै झुटा थिएनन ।

जनताको पक्षमा काम गर्ने योजनाबद्द चरणमा आयोग थियो तर गठबन्धन सरकारले आयोग खारेज मात्रै गरेन ,गरेका कतिपय कामलाइ बैधता नदिदा भुमिहिनका समस्या अलपत्र पारेको भन्दै पोखरा १५ निबासी स्थानिय मुक्ति गुरुङले दुखेसो गरे।

अहिले आखामा छारो हाल्न निर्बाचनको मुखमा निस्सा बाडेको प्रपन्च रच्ने गठबन्धन सरकारको रबैया प्रती सबै भुमिहिन जनताहरू सचेत रहेको उनले बताए। हिजोका दिनमा भुमिहिनको नाम लिएर आफू मोटाउने दाउमा लागेकाहरू देखि सतर्क रहदै सच्चा भुमिहिनको अधिकारका लागि लड्ने पार्टी एमाले नै आफुहरूको रोजाइमा रहने पोखरा ७ निबासी स्थानिय निकेश श्रेष्ठले उल्लेख गरे।

कमेन्टहरु
Loading...