भारतीय अखण्ड परिषद्का प्रमुखले गरे आश्रममै आत्महत्या

(प्रतिकात्मक तस्विर)

एजेन्सी l भारतमा हिन्दूवादी समूह अखिल भारतीय अखण्ड परिषद्का प्रमुख नरेन्द्र गिरीले आत्महत्या गरेका छन् । गिरीले उत्तर प्रदेशको प्रयागराज सहरस्थित आफ्नै आश्रममा सोमवार राती आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनले नेतृत्व गरेको अखण्ड परिषद् भारतीय साधुहरुको सबैभन्दा ठूलो धार्मिक संगठन हो । आत्महत्या गर्नुअघि उनको आश्रमबाट प्रहरीले सुसाईड नोट फेला पारेको छ । ‘हामीले सुसाईड नोट जाँच गरिरहेका छौं । उनी दुःखित बनेको नोटमा उल्लेख छ ।’ प्रयागराजका प्रहरी अधिकारी केपी सिंहले भने ।

नरेन्द्रको आत्महत्यालाई लिएर उनका शिष्य आनन्द गिरी पक्राउ परेका छन् ।

उनको मृत्युप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, युपीका मुख्यमन्त्री योगी आदित्यनाथ, समाजवादी पार्टी प्रमुख अखिलेश यादवसहित अन्य राजनीतिक दलका नेताहरुले दुःख व्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...