भारतीय राजदूत क्वात्राको स्वास्थ्य मन्त्री त्रिपाठीलाई बधाई

काठमाडौं । भारतीय राजदूत विनयमोहन क्वात्राले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई भेटेका छन्। बिहिबार मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई भेटेका हुन् । यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका त्रिपाठी हालै स्वास्थ्य तथा जनसंख्या मन्त्री भएको अवसरमा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई बधाइ दिएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा हेरफेर गर्दा त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो। राजदूत क्वात्रा र मन्त्री त्रिपाठीबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको मन्त्री त्रिपाठीको सचिवालयले जानकारी दिएको छ।

कमेन्टहरु
Loading...