भरतपोखरी बिकास मन्चद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग

पोखरा । भरतपोखरी बिकास मन्चले क्यान्सर पिडित हिरा नेपालीको उपचारको लागि मंगलबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

मन्चले विभिन्न ब्यक्ति तथा संघ संस्थाबाट सहयोग संकलन गरि नगद रु सत्तरी हजार सात सय तीस हस्तान्तरण गरिएको जनाएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३३ ठुलढुङ्गा गण्डकीबेसि निवासी हिरा नेपाली बिगत लामो समयदेखि क्यान्सर रोगबाट पिडित छन् ।

उनको उपचारमा आर्थिक समस्याका कारण अप्ठ्यारो परिस्थिति सिर्जना भएकाले जीवन रक्षाको लागि सबैलाई आवहान गरि रकम संकलन गरिएको अध्यक्ष डिल्लीराम बरालले बताए।

सहयोग हस्तान्तरण गर्दै पोखरा महानगर – ३३ का अध्यक्ष शिव प्रसाद आचार्यले भरत पोखरी बिकास मन्च बिकासमा सहभागितासंगै बिपन्न बर्गहरुको सहायता र सहयोगमा समेत सक्रिय भएको भन्दै धन्यबाद ब्यक्त गरे।

आचार्यले आफ्नो वडा सधै गरिब र बिपन्नहरुको सारथि हुँदै आएको भन्दै सदैब वडाबासिको समृद्धिका निम्ति दत्तचित्तले लागि परेको उल्लेख गरे ।

सहयोग गर्ने समुर्णमा मञ्चले आभार समेत व्यक्त गर्दै नेपालीको शिघ्र स्वास्थलाभको कामना गरेको छ।

कमेन्टहरु
Loading...