बैदाम तामाङ सेवा समाजको अध्यक्षमा पुनः ज्याक

पोखरा, १७ मंसिर/ बैदाम तामाङ सेवा समाजको अध्यक्षमा पुनः ज्याक तामाङ चयन भएका छन् । समाजको सोमबार सम्पन्न आठौं साधारण सभा तथा पाँचौ अधिबेशनले तामाङको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको हो । समाजको उपाध्यक्षमा जयन्ती मोक्तान, सचिव कविता योञ्जन, कोषाध्यक्ष पद्मे लामा, सहसचिव सीतामान तामाङ र सहकोषाध्यक्षमा रजनी तामाङ चयन भएका छन् ।

यसैगरि समाजको कार्यसमिती सदस्यहरुमा मोनी तामाङ, बमबहादुर तामाङ, वाङ्गेल तामाङ, खड्ग बहादुर तामाङ चयन भएका छन् । यस्तै समाजको सल्लाहकारहरुमा सरस्वती तामाङ, धनबहादुर तामाङ र प्रेम तामाङलाई चयन गरिएको छ ।

यसअघि अधिबेशनको उद्घाटन गर्दै नेपाल तामाङ घेदुङ्ग, पोखरा महानगरका अध्यक्ष टेकबहादुर स्याङ्गबो तामाङले एकता र संस्कृति संरक्षणका लागि समाजले भुमिका खेल्न जोड दिए । उनले नेपाल तामाङ घेदुङले तय गरेको विधान अनुरुप समाजलाई अगाडी बढाउन आग्रह गरे । समाजका अध्यक्ष ज्याक तामाङले समुहमा काम गरे मात्रै समाजले सफलता प्राप्त गर्ने बताए ।

उनले छोटो समयमै समाजले गुम्वा निर्माणको भौतिक पुर्वाधार पुरा गरि पर्यटकिय क्षेत्रलाई धार्मिक पर्यटकिय हिसावले टेवा प्रदान गरेको बताए । पदम लामा, प्रेम तामाङ, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष सन्जय मल्ल लगायतले बोलेका थिए । समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सचिब डोल्मा लामाले बार्षिक प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष जयन्ती मोक्तानले आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

समाजले मञ्जुश्री सम्वत सोना ल्होसारको अवसरमा हरेक वर्ष ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा आयोजना गर्दै आएको छ । यसपटक ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा माघ ४ गते हुने भएको । मिस तामाङ पोखराका प्रतियोगिहरुलाई यहि मंसिर २१ गते देखि तामाङ धर्म, संस्कृति, भाषा तथा परम्परा लगायत व्यक्तित्व र नेतृत्व विकासको तालिम दिइने कार्यक्रम संयोजक कविता योञ्जनले जानकारी दिए ।

कमेन्टहरु
Loading...