बेगनास तालमा डुबेर एकको मृत्यु

पोखरा । बेगनास तालमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । उदयपुरका ३१ वर्षीय अनुप भण्डारीको सोमबार तालमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । भण्डारी तालको छेउको पानीमा घोप्टो परेको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।
उनको शवलाई पश्चिम क्षेत्रिय अस्पताल पोखरा ल्याई पोष्टमार्टम गरिँदै छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ ।

कमेन्टहरु
Loading...