बालुवा झिक्ने क्रममा पुरिएर १ को मृत्यु

स्याङ्जा । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा ज्यान गएको गह्रौं प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनीसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली घाइते भएका छन् । रासस

कमेन्टहरु
Loading...