बामदेव गौतम भेट्न भैसेपाटी पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम लाई भेट्न निवास भैसेपाटी पुगेका छन् ।

उनले गौतमको निवास भैँसेपाटी पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए ।

प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसमेत पुगेका थिए ।

गौतमका स्वकीय सचिव दीपक टमटका अनुसार केहीदिन अघि घरभित्र लडेर उनलाई सामान्य चोटपटक लागेको थियो।

कमेन्टहरु
Loading...