फेवाताल अतिक्रमणका विषयमा फागुन २ गते बृहत बहस हुँदै

पोखरा । फेवाताल अतिक्रमणका विषयमा यहि फागुन २ गते बृहत बहसमूलक कार्यक्रम हुने भएको छ । पटक पटक भएको ताल अतिक्रमणलाई स्थायी समाधान खोज्नुपर्ने भन्दै सरोकारवालाहरुसँग पर्यटन बोर्डको कार्यालयमा वृहत बहस कार्यक्रम हुने भएको हो ।

‘फेवातालमाथि गन्थन’ नामक उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, उर्जा जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य, सांसद राजिब पहारी, पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल, पोखरा नगरविकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने, फेवाताल चार किल्ला तथा नक्शांकन समितिका संयोजक पुण्य पौडेल, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई, फेवाताल मापदण्ड सरोकार समितिका संयोजक नविन बराल, नागरिक अभियन्ता रामबहादुर पौडेल वक्ताको रुपमा प्रस्तुत हुनेछन् भने पत्रकार बासुदेव मिश्रले सहजीकरण गर्नेछन् ।

फेवाताल अतिक्रमणको विषय पटक पटक उठिरहँदा यसको स्थायी समाधान के हुन सक्छ भन्दै आयोजकले सरोकारवालाहरुलाई एकैठाउँमा राखेर कार्यक्रम आयोजना गरेको छ । यसरी फेवाताल अतिक्रमणकै विषयलाई लिएर यतै धेरै सरोकारवालाई वक्ताको रुपमा राखेर आयोजना गरिएको वृहत बहसमूलक कार्यक्रम यो नै पहिलो रहेको गन्थन डटकमका प्रवन्ध निर्देशक कमल सुवेदीले बताए । फेवाताल जोगाउनु सबैको दायित्व भएकाले सरोकारवालालाई खबरदारी गर्न आवश्यक रहेको उनले जानकारी दिए ।

कार्यक्रमको आयोजना गन्थन डटकमले गरेको हो ।

कमेन्टहरु
Loading...