फिर्के–बुलौदी खोला अतिक्रमण गरि बनाइएका संरचना हटाउन महानगरलाई नागरिक समाजको ध्यानाकर्षण

गन्थन संवाददाता । फिर्के–बुलौदी खोला अतिक्रमण गरि बनाइएका संरचना हटाउन नागरिक समाज कास्कीले पोखरा महनगरपालिकाकी कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । खोलालाई अतिक्रमण गरि बनाइएका संरचना अविलम्व भत्काउन नागरिक समाजले महानगरलाई ध्यानाकर्षण गरेको हो ।

त्यस्तै ड्यामसाइडस्थित गाइघाटमा जाइकाद्वारा निर्मित फिर्के चेकड्याम पूर्णरुपमा ध्वस्त भएकाले फिर्के–बुलौदी खोलामा आउने भिषण बाढीले बगाई ल्याउने ढुङ्गामाटो, रुखलगाएत प्लास्टिकजन्य फोहरमैला र मरेका जिवजन्तु सिधै फेवाबाँध वरिपरि थुप्रिन गएका कारण फेवातालको तल्लो तटिय क्षेत्र एवं विरुवा फाटसमेत प्रदुषित हुँदै गएकोमा त्यसतर्फ पनि ध्यान दिन समाजले महानगरलाई ध्यानाकर्षण गराएको छ । साथै तल्लो तटिय फेवाताललाई पुरिन तथा प्रदेषणबाट जोगाउन तत्कालिन र दीर्घकालिन समाधानका उपाय खोज्न समेत आग्रह गरिएको नागरिक अभियन्ता रामबहादुर पौडेलले बताए ।

केहीदिन अघिमात्र वडा ५ ले वडा भित्र रहेको खोला अतिक्रमण गरि बनाइएका संरचनाको स्थलगत अनुगमन गरेको थियो । अनुगमनमा धेरै ठाउँमा अतिक्रमण गरि संरचना बनाइएको पाइएको वडा ५ को कार्यालयले जनाएको छ ।

 

कमेन्टहरु
Loading...