फलफूल तथा तरकारी थोक व्यवसायी संघ पोखराको साधारण सभा सम्पन्न

पोखरा । राष्ट्रिय फलफूल तथा तरकारी थोक ब्यवसायी संघ पोखरा ९ शान्तीवनको १९औं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका भुमी व्यवस्था, कृषी सहकारी तथा गरीबी निवारण मन्त्रालयका मन्त्री चन्द्र बहादुर बुढा मगरले कृषि क्षेत्रमा देखिएको वेथिति अन्त्य हुनु आवश्यक रहेको बताए । साथै बिचौलियाका कारण वास्तविक किसानले मुल्य नपाएको उनको भनाई थियो । कृषि तथा किसानको हक हितका लागि गण्डकी सरकार गम्भिर रहेको समेत स्पष्ट पारे ।

त्यस्तै विशेष अतिथिकोरुपमा बोल्दै पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष उमराज बास्तोलाले वास्तविक किसानको पहिचान गरि उनीहरुलाई नै अनुदान र राहत दिनुपर्नेमा जोड दिए । सरकारको नीति निर्माणका क्रममा पनि वास्तविक किसानलाई टेवा पुग्ने गरि काम गर्न गण्डकी सरकारलाई वास्तोलाले आग्रह गरे ।

कार्यक्रममा संघका निबर्तमान अध्यक्ष निर्मल प्रसाद बास्तोला, संघका सल्लाहाकार तथा पूर्व अध्यक्ष बिष्णु प्रसाद बास्तोला, पूर्व अध्यक्ष छेवाङ तामाङ, रामकृष्ण दुवाडी, ब्यवसायीको तर्फबाट जगदिस खनाल, कृषी बजार महीला समुहकी उपाध्यक्ष सरस्वती श्रेष्ठ, स्वतन्त्र मजदुर दुवानी ईकाईका अध्यक्ष प्रितमम बहादुर पौडेललगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

साथै संघको बार्षिक साधारण सभाको उपलक्ष्यमा जेष्ठ ब्यवसायी सदस्यहरु छेवाङ तामाङ, मिठु गिरी तथा सफल ब्यवसायीमा जगदिश खनाललाई सम्मान समेत गरेको थियो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष बिष्णु हमालले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष राम प्रसाद कंडेलले राखेका थिए । त्यस्तै कायक्रमको सञ्चालन संघका सचिव राजेन्द्र गिरीले गरेका थिए ।

कमेन्टहरु
Loading...