प्राविधिक शिक्षामा लगानी गर्न उत्साहित छौं –मेयर आचार्य

 

पोखरा । गण्डकी बहुप्राविधिक शिक्षालयले नयाँ शैंक्षिक सत्रका लागि शिक्षालय अन्तर्गतका बिभिन्न विषयहरुमा भर्ना भएका बिद्यार्थीलाइ सोमबार विशेष समारोहको आयोजना गरि स्वागत गरेको छ ।

गण्डकी बहुप्राविधिक शिक्षालय प्राविधिक शिक्षालाइ स्थानीयस्तरमा सर्वसुलभ र सहज बनाउनका लागि २०७६ साल देखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी सँगको सहकार्यमा पोखरा महानगरपालिकाले संचालन गर्दै आएको छ । उक्त शिक्षालयमा हाल गण्डकी प्रदेश लगायत देशका बिभिन्न जील्ला बाट समेत गरि करिव ४०० जना बिद्यार्थी अध्ययनरत छन् । शिक्षालयमा इन्जिनीयरिङ, फार्मेसी, फरेष्ट्री, मन्टेश्वरी अन्तर्गत बिभिन्न ८ वटा विषयमा अध्यापन भइरहेका छन् ।

यसैविच उक्त समारोहको उद्घाटन गर्दै पोेखरा महानगरपालिकाका मेयेर तथा शिक्षालय संचालन समितिका अध्यक्ष धनराज आचार्यले प्राविधिक शिक्षा मा महानगरपालिकाले अपेक्षाकृत सफलता हासील गरेको भन्दै प्राविधिक शिक्षा लिएका बिद्यार्थीको उन्नती प्रगतिका लागि जस्तो सुकै कार्यक्रम गर्न महानगरपालिका तयार रहेको बताए । “प्राविधिक तथा गुणस्तरिय शिक्षामा लगानी गर्न हामी हिचकिचाउँदैना” मेयेर आचार्यले भने । उनले गण्डकी बहुप्राविधिक शिक्षालय मा बिद्यार्थीको चाप बढ्दै गएको ले महानगरलाइ यस प्रति उत्साहित बनाएको भन्दै यस शिक्षालयको आफ्नै भवन बनाउन महानगरपालिका तदारुकताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमा बोल्दै गण्डकी बहुप्राविधिक शिक्षालय रहेको वडा नं २९ का वडाध्यक्ष श्री प्रसाद गुरुङले स्थानीय बिद्यार्थीलाइ जीवनउपयोगी र व्यवहारिक शिक्षा मा आकर्षीत गर्न गण्डकी बहुप्राविधिक शिक्षालय धेरै हदसम्म सफल भएको भन्दै साथ र सहकार्यका लागि आँफू सँधै तत्पर रहेको बताए ।

त्यसैगरी पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले प्राविधिक शिक्षाका सवालमा गण्डकी बहुप्राविधिक शिक्षालयका बिद्यार्थीहरु देशभरीकै उत्कृष्ट पनि हुन सफल भएकोले यस्तो शैक्षिक संस्थालाइ सदैव हौसला दिनुपर्ने बताउनु भयो ।

कार्यक्रमकै विच उत्कृष्ट बिद्यार्थी तथा शिक्षक तथा प्रशिक्षकहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षालयका प्रशिक्षकहरु मनोज पौडेल र कृष्ण धिताललाइ सम्मान गरिएको थियो । त्यसैगरी बिभिन्न विषयमा नेपाल टप गर्न सफल उक्त शिक्षालयका बिद्यार्थीहरु नविन पराजुली, नवराज पराजुली, उजेन उदास र सन्तोस पौडेललाइ पनि उत्कृष्ट बिद्यार्थीको रुपमा पुरस्कृत गििरएको थियो ।

गण्डकी बहुप्रविधिक शिक्षालयका निर्देशक लक्षमण तिमिल्सनाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेल, पोखरा वडा २६ का अध्यक्ष नरेन्द्र थापा, शिक्षालय संचालक समिति सदस्य प्राध्यापक डा. सरस्वती न्यौपाने, जनप्रकाश मावि व्यवस्थापन समिति अध्यक्ष बाबुराम सुवेदी, गोगन मावि व्यवस्थापन समिति अध्यक्ष मेघराज पौडेल, पोखरा उद्योग बाणिज्य संघ महासचिव जानुका पराजुली, शिक्षालयका प्रशिक्षक तथा कार्यक्रम संयोजक सरोज अधिकारी र विद्यार्थीको तर्फबाट सुप्रेज भट्राइ लगायतले बोलेका थिए । कार्यक्रममा शिक्षालयका बिद्यार्थीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...