पोलियोबाट ६ महिनाको बच्चाको मृत्यु

पाकिस्तानमा पोलियो भाइरसको कारण ६ महिनाको बच्चाको मृत्यु भएको छ । पछिल्लो मृत्युसँगै पोलियो रोग उन्मुलन गर्ने सरकारको प्रयास विफल भएको छ । उक्त बच्चा खैबर पख्तुनख्वा प्रान्तको दक्षिण वजिरिस्तान आदिवासी जिल्लाको एक परिवारको रहेको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

यो वर्ष पाकिस्तानमा अहिलेसम्म १९ जनामा पोलियो संक्रमण देखा परेको छ । सबै संक्रमणका घटना खैबर पख्तुनख्वा प्रान्तका भएको जनाइएको छ । खैबर–पख्तुनख्वामा पोलियो प्रकोपसँग जुध्न सरकारले विशेष पहल गर्दै आएको छ ।

यसैबीच, स्वास्थ्य मन्त्री अब्दुल कादिर पटेलले एक विज्ञप्तिमा बाढीका कारण मानिसहरूको ठूलो संख्यामा विस्थापनले पोलियोभाइरस फैलिने खतरा रहेको बताए।

कमेन्टहरु
Loading...